चितवन । चितवनकाे कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।
आज (मंगलबार) दिउँसो १२:३० बजेको समयमा ईच्छाकामना गाउपालिका वडा नं. ३ कुरिनटारमा दुइवटा माेटरसाइकल एक आपसमा ठक्करखादा एक जना माेटरसाइलमा चालककाे मृत्यु भएकाे छ भने त्यसमा सवार २ जना घाइते भएका छन् ।
काठमाण्डौबाट मुग्लिन तर्फ आई रहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गईरहेको ग१६प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।
साे ठक्करमा परि ग१६प ५५३१ नम्बरकाे माेटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका वडा नं. ४ का २६ वर्षका शुसिल पोख्रेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पाेख्रेललाई उपचारको लागि भरतपुरमा रहेकाे पुरानो मेडिकल कलेजमा पठाइएको भएपनि उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
अन्य घाइतेहरु बा६४प ३२० नम्बरको माेटरसाइकल चालक भोजपुर कौवादुङमा गाउ पालिका वडा नं. ४ का २४ वर्षिय सन्दिप बस्नेत र साेही ठाउँ बस्ने २१ वर्षिय जय कार्की रहेकाे प्रहरीले जनाएको छ । उनिहरुकाे भरतपुरमा उपचार भइरहेकाे र अवस्था मध्यम रहेकाे प्रहरीको भनाइ छ ।











