बिष्णु प्रसाद काप्री (मुस्कान)
चितवन । पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा निस्किएका छन् । कोरोना भाइरस लाग्न नदिने सबै भन्दा सुरक्षित माध्यम भनेको नै माक्स भएपछि सोहि कुराको सचेतना फैलाउन “तपाईको माक्स खोई ?” भन्ने अभियानमा पूर्वी चितवनका लायन्सक्लबहरु ठाउँ ठाउँमा पुगेका छन् जसलाई ईलाका प्रहरी कार्यालय टाँडीले पनि साथ दिएको छ ।

विश्व मास्क सप्ताह, नेपाल सरकारद्वारा घोषणा गरिएको मास्क अभियान र नेपाल प्रहरीको “तपाईं को मास्क खै ? “ अभियानलाई साथ र सहकार्य गर्दै पूर्वी चितवनका लायन्स तथा लियो क्लबहरु कार्यक्रमनै बनाएर पूर्वी चितवनका बिभिन्न ठाउँमा पुगेका हुन् ।
पूर्वी चितवनमा रहेका लायन्स तथा लियो क्लबहरुले एक हप्ता देखि चलेको अभियान अन्र्तगत आज (शुक्रबार) सातौं दिन पूर्वी चितवनका बिभिन्न ठाँउमा माक्स नलगाई हिडडुल गर्ने सर्वसाधरणलाई “तपाईको माक्स खोई ?” भन्ने प्रश्न गर्दै निशुल्क माक्स वितरण गरेका हुन् ।

रत्ननगर—१, सौराहा चोकमा लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर समृद्धी, लियो क्लब अफ रत्ननगर मिड नेपाल र ईलाका प्रहरी कार्यालय टाँडीको सहकार्यमा राजमार्ग हुदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई निशुल्क माक्स बितरण गरिएको थियो ।

सो निशुल्क माक्स बितरण कार्यक्रममा लायन्स ईटरनेशनल डिस्ट्रिक ३२५ बि २ नेपालका डिस्ट्रिक को चिफ एड्भाइजर दिपेन्द्र खतिवडा, डेपुटी चिफ शुरेस चन्द्र आचार्य, डिस्ट्रिक डिपार्टमेन्ट मेम्बर गंगा सुवेदी, जोन चियर पर्शनद्धय प्रकाश शर्मा र अनु बोहोरा, लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुर्य प्रकाश रेग्मी, लायन्स क्लब अफ रत्ननगर समृद्धीकी अध्यक्ष दिक्षा अधिकारी, ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव निरिक्षक उदय केसी तथा कार्यक्रमका संयोजक किसन प्रसाद लगाएतको उपस्थिति रहेको थियो ।

त्यस्तै लायन्स क्लव अफ रत्ननगर पिस र लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा रत्ननगर नगरपालिका वडा न ८ मा रहेको रमाईलो बस्ती (लायन्स भिलेज) मा पनि १२५० थान मास्क र सेनिटाइजर बितरण गरिएको लायन्स क्लव अफ रत्ननगर पिसका अध्यक्ष गोबिन्द पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

सो कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बिनोद बस्नेत, डिस्ट्रिक को चिफ एड्भाइजर दिपेन्द्र खतिवडा, रिजन चियर पर्शन ओमलाल सापकोटा, लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष गोबिन्द कृष्ण श्रेष्ठ र लायन्स क्लब अफ चितवन राइनो सिटीका अध्यक्ष निरन्जन थापा , लियो क्लब अफ रत्ननगर पिसका अध्यक्ष निश्चल ढकाल लगाएतको उपस्तिथिति रहेको थियो ।

तपाईको प्रतिक्रिया