चितवन । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण प्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । गत भदौ २ गते एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार खनालले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए ।

उनले आफू माधव कुमार नेपालकाे बिचारधारा अनुसार अगाडि बढेकाे र अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ ।

खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।साेही अनुसार उनले एमाले छाेडेका हुन् । खनाल नेकपा (एस)का केन्द्रीय सदस्यसमेत हुन् ।

तपाईको प्रतिक्रिया