चितवन । नेपाली कांग्रेस रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं २ को सभापतिमा केशव नारायण श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा भरतमणि आचार्य र यमनाथ आचार्य, सचिवमा ईश्वर कुमार खड्का र दुर्गा प्रसाद घिमिरे, सह—सचिवमा अनिल अधिकारी र पुष्प अधिकारी रहेका छन् ।

नेपाली कांग्रेस रत्ननगर वडा नं २ मा सर्व सम्मत रुपमा चयन भएका पदाधिकारी सहितको नामावली यस प्रकार रहेको छ ।















