चितवन । रत्ननगर नगरपालिका १५ पिठुवामा स्वास्थ्य तथा सरसफाई सम्वधी तीन दिने जनचेतना तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने शिविरको मंगलबार एक कार्यक्रमका विच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ ।

रत्ननगर १५मा रहेको आधारभुत स्वास्थ्य चौकीको आयोजनामा मंगलबार देखि कार्यक्रम सरु भएको छ । मंगलबार आज सर्ने र नसर्ने रोगका विषयमा टोल स्तरिए प्रतिनिधिका विच सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष हुमनाथ लामिछने , वडा सदस्य,वडा स्तरिय राजनैतिक दलका प्रतिनिधि ,विधालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल , बकुलहर रत्ननगर अस्पतालका फिजिसियन डाक्टर आशिस न्यौपाने , पिठुवा स्वास्थ्य चौकीका प्रमुख विदुर वस्ताकोटी र आधारभुत स्वास्थ्य चौकी १५ की प्रमुख रोजिना गिरिले सर्ने र नसर्ने रोगका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । भने कार्यक्रम संयोजक दिपक लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया