अजित अधिकारी
चितवन । माडीमा अर्को दोश्रो शनि मन्दिर निर्माण गरिएको छ । माडी नगरपालिका १ स्थित लक्ष्मीनियामा मन्दिर निर्माण दुई बर्ष अगाडिबाट गरिएको स्थानीय गंगाधर पौडेलले नेपालीको आवाज डटकमसंग बताए । उक्त मन्दिर बरुवा बजारबाट झन्डै १.५ किमि भित्र दक्षिण दिशातिर ५० मिटरको हाइट भएको डाँडामा पर्दछ । भने चारैतिर हरियाली र शुन्दर दृश्यहरु देख्न सकिन्छ । मन्दिर भएको क्षेत्र वरपर चारैतिर तारबार गरिएको छ । मन्दिर जानको लागि तल बाटोदेखि माथी प्रबेशद्वार सम्म १०८ वटा सिडी निर्माण गरिएको छ । मन्दिरदेखि झन्डै ५०० मिटरको दुरीमा गोरेटो बाटो ढलान गरिएको छ । उसो त, माडी धार्मिक क्षेत्रमा समेत अग्रणी रहेको हुनाले पनि यहाँ विभिन्न समयमा परापुर्बकालदेखि ऋषि मुनीहरुले तपस्या गर्दै आएको तपोभुमीको रुपमा माडीलाई लिइन्छ । यसैगरी शनि देबको पुजा आराधना एबम दर्शन गर्नाले दुख नाश हुने । मनले चिताएको काम बन्नुका साथै अधुरा कार्यहरु सिद्ध हुने । घरपरिवारमा माधुर्यता छाउने जस्ता धार्मिक जनबिश्वासहरु रहेको पाइन्छ । अहिलेसम्म नेपालका २ स्थानमा मात्र शनि मन्दिर निर्माण गरिएको भनिएतापनी यो संगै अब ३ स्थानमा मन्दिर निर्माण गरिएको छ । भने अर्को पहिलो माडीको शनि मन्दिर देबेन्द्रपुर माथिल्लो टोलमा रहेको छ । जहाँ दक्षिण सोमेश्वर कालिका मन्दिर समेत रहेको छ । यसैको माथिल्लो भागमा शनि मन्दिर निर्माण गरिएको छ । जहाँ शनि देबको मन्दिर, १०८ वटा शिव लिङ्ग र भगवान् गौतम बुद्धको मूर्ति समेत निर्माण गरिएको छ । खासगरी शनि देबको पुजा आराधना शनिबार मात्र हुने हुँदा उक्त दिन माडी लगाएत देश तथा छिमेकी देशहरुबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेको चर्चित युवा पण्डित शुदर्शन सुबेदीले बताए ।

तपाईको प्रतिक्रिया