3

बिपीन शर्मा आचार्य
८ असोज, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

नेपाल शिक्षक संघ रत्ननगर नगर कार्य समितीको आयोजनामा नेपालीहरुको महान चाड बिजयादशमी, शुभ-दिपावली तथा छठ पर्वको शुभ अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम माननीय नेपाल सरकारका शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीज्युको प्रमुख आतिथ्यतामा आईतवार नेपाल माद्यमिक बिद्यालयको सभा हलमा सम्पन्न भएको छ ।
1
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय सदस्य नेरेन्द्र केसी,नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष डा. हरिप्रसाद कडेल,शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरे ,नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरे, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति कुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

21764794_1757860574514811_8372818117552866748_n

कार्यक्रममा नेपाल शिक्षक संघ रत्ननगरका नगरसचिव तुलादेवी लामीछानेले स्वागत मन्तव्य राखेका थिए भने संघका सचिव केशवराज पाण्डेले कार्यक्रम सन्चालन गरेका थिए ।

नेपाल शिक्षक संघ रत्ननगरका सभापति नारायण पौडलेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक दिनेशकुमार श्रेष्ठ,जिल्ला शिक्षा कार्यालय चितवनका अधिकृत मनोजकुमार गैरै, रत्ननगर नगरपालिकाका नगरशिक्षा अधिकारी रामकृष्ण सिंखडा, जिल्ला पदाधिकारी तथा नगरपदाधिकारी सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

5

तपाईको प्रतिक्रिया