अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरमा रहेको श्री जगन्नाथपुरी निमाबिको प्राङ्गणमा शुक्रबार ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा माडी नगरपालिका ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा प्रमुख अतिथिको रूपमा रहेका थिए ।

ईलाका प्रहरी कार्यालयका प्रमुख झलक शर्मा पौडेलले बिद्यार्थी र अभिभावकहरुलाई सडक दुर्घटना के हो ? यसबाट कसरी बच्नेसंगै सडकमा हिड्दा के के कुराहरुमा ध्यान दिने ? लगाएका विषयकमा प्रशिक्षण दिएका थिए । भने बिद्यार्थीहरुले सडक दुर्घटना सम्बन्धि सडक नाटक समेत प्रस्तुत गरेका थिए । यसैगरी स्व. मुवाकुमारी रानाभाट स्मृति अक्षय कोषबाट रु ४० हजार सहयोग रकम बिद्यालयका प्रधानाध्यापक केशबराज अधिकारीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा शिक्षक अभिभावक र बिद्यार्थी लगाएत सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शिक्षक छबिलाल पौडेलले सहजीकरण गरेको कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया