चितवन । रत्ननगरमा रहेको रत्नश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिष्टर बाबु घिमिरे चयन हुनुभएको छ । होटल स्टार चितवनमा आज आयोजित संस्थाको २१ औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशनले घिमिरेलाई अध्यक्ष चुनेको हो । संस्थाको कार्यकाल ४ बर्षको हुने गरेको भए पनि यसअघिका अध्यक्ष राजेन्द्र न्यौपाने विशेष कारणवस विदेश जानुपर्ने भएपछी उहाले राजिनामा दिनुभएको थियो । अध्यक्षको राजिनामा पश्चात कलाधर पौडेललाई कार्यवाहक अध्यक्ष बनाईएको थियो ।

नया अध्यक्ष घिमिरे सहकारीको क्षेत्रको विज्ञ समेत हुनुहुन्छ । उहाले ३६ वर्ष सम्म सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा सहकारी निर्देशक पदमा सेवा गरिसक्नु भएको छ । घिमिरेले आगामी दिनमा रत्नश्रीलाई बहुआयामिक ढंग बाट अघि बढाउने योजना अगाडि सार्नुभएको छ । रत्नश्रीको कार्यक्षेत्र बढाउने, सदस्यता विस्तार गर्ने, सम्वन्धित निकायहरु संग सहकार्य गरि शेयर सदस्यहरुको आर्थिक स्थिती मजबुत बनाउन लागिपर्ने उहाको प्रतिवद्धता थियो । उहा रत्नश्रीको यस अघिको कार्यसमितिको सदस्य समेत हुनुहुन्थियो । विशेष अधिवेसनले रामचन्द्र मिश्रलाई सदस्यको रुपमा चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका रत्ननगर नगरपालिका प्रमुख नारायण बनले रत्नश्रीले ल्याएको उद्धमशिलता ऋण सदस्यको पक्षमा रहेको बताउदै सदस्यहरुले लाभ लिदै उद्धमशिल बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा १ सय १९ असल ऋणीलाई उहाहरुले बुझाउनुभएको कुल व्याजको ५ प्रतिशत रकम सहित सम्मान गरिएको छ । शेयर सदस्यहरुको बुवा आमा जो ७५ बर्ष पुरा हुनुभएको छ उहाहरुलाई समेत सम्मान गरिएको थियो । संस्थाका सम्पूर्ण कर्मचारी तथा संस्थाका पुर्व अध्यक्ष लोकनाथ पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमलादेवी दुवाडी, जिल्ला सहकारी संघ उपाध्यक्ष प्रेम दुवाडी, आर्थिक प्रतिवेदन सहित संस्थाका कोषाध्यक्ष शिवहरी भण्डारी, लेखा प्रतिवेदन सहित लेखा संयोजक नारायणवावु श्रेष्ठ, स्वागत मन्तव्य सहित सदस्य अनिता पौडेल त्यस्तै शेयर सदस्यका तर्फ बाट सरला रेग्मीले बोल्नुभएको थियो ।

संस्थाका सचिव दिपक चन्द्र घिमिरेले संचालन गर्नुभएको कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया