१७ पौष, रत्ननगर ।
दलित समुदायले पछिल्लो समयमा झेलेको कोटा र कोठाको समस्यामा राज्य मौन भएको केन्द्रिय सांसद निरुदेवी जैरुले बताएकी छिन । सौराहामा आज नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा आएकी जैरुको समाजले सतही रुपमा चलाएको पानि चल्ने र नचल्ने जात लाई अन्त्य गर्नुपर्नेमा जोड थियो । देशका समग्र दलित महिलाको प्रतिनिधित्व आफुले गरिरहदा छुवाछुत जस्ता रुढिवादी परम्पराले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर झुकाएको उनको कथन थियो ।
संघले दलित समुदायमा जिविकोपार्जनका विविध कार्यक्रम, तालिम, कोष निर्माण तथा योजनाहरुमा आफुलाई केन्द्रित गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्नका लागी विविध भावी नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेको छ ।
कार्यक्रममा रत्ननगर नगरपालिका वार्ड नम्वर ९ कि सदस्य मन कुमारी विक, सदस्य रिता विक, गीता परियार, राम नेपाली लगाएतए आफ्नो मन्तव्य राखेका थिए ।संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राखेको कार्यक्रम संघकि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।











