अजित अधिकारी
चितवन । माडीको दक्षिण अयोध्यापुरीमा मूर्ति स्थापना गरिएको छ ।
सरस्वती पुजाको अबसर पारेर भगवान् दशरथको दरबार भएको ठाउँमा आइतबार मूर्ति राखिएको हो ।
उक्त मूर्ति स्थापना कार्यक्रममा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् । खासगरी माडी धार्मिक क्षेत्रको रुपमा परिचित रहेको हुँदा पुरातात्त्विक संरचनाहरुले समेत अग्रणी रहेको र भगवान् दशरथको दरबार समेत यसै अयोध्यापुरीमा रहेको युवा पण्डित सुदर्शन सुबेदीको भनाइ छ ।

यसैलाई प्रमाणित गर्दै, राजा दशरथ र महारानी कौशिल्याका छोरा राम जन्मिएपछि उनका बुवा दशरथको समिपमा भगवान् राम बसेको मूर्तिको चित्राङ्कनलाई मुर्तरुप दिइएर मूर्ति स्थापना गरिएको युवा पण्डित सुबेदीले नेपालीको आवाज डटकमसंग बताए ।
कार्यक्रममा विभिन्न पार्टीका पार्टी प्रतिनिधि तथा समाजसेवीहरुको सहभागीता रहेको थियो ।











