चितवन । सरकारले आगामी वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचनकाे मिति ताेकेसँगै रत्ननगर नगरपालिकि उप-प्रमुख बिमला दुवाडीले आफ्नाे मेयर पदमा उठ्ने इच्छा ब्यक्त गरेकि छिन् ।
बुधबार रत्ननगरमा मोबाइल पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै दुवाडीले अबकाे स्थानीय चुनावमा आफु मेयर पदमा आकांक्षी रहेको वताएकी हुन् । उनले आफूले अहिले उप-मेयर पदमा रहेर काम गर्दा धेरै अनुभव संगालेकाे बताउदै अब आफु मेयर भएर रत्ननगरलाई रत्न बनाउन लाग्ने इच्छ समेत रहेकाे बताइन् ।

उनले आफु मेयर भएको खण्डमा बजेट निर्माणको लागी अन्य निकाए संगै पत्रकारहरु संग पनि छलफल गरेर वजेट निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

मंगलबार बाट शुरु भएको ‘उपमेयरसंग पत्रकार’ कार्यक्रम अर्न्तगत दुई दिने मोबाइल पत्रकारिता तालिमकाे बुधबार समापन गर्दै उप प्रमुख दवाडीले पत्रकार देशकाे चाैंथाे अंग भएकाले प्रविधि मैत्री बनाउन तालिमको आयाेजना गरिएकाे समेत धारणा ब्यक्त गरिन् । २ दिन सम्म चलेकाे साे तालिममा पूर्वी चितवनमम कार्यरत २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया