चितवन । नेपाली काँग्रेस चितवन जिल्ला सदस्यमा पर्यटन व्यवसायी ज्ञानेन्द्र कुमार विष्टले उम्मेदवारी घोषणा गरेका छन् । चितवनको पर्यटन विकासमा योगदान दिएका विष्टले पार्टीको माध्यमबाट सामाजिक विकासका काम गर्ने योजना सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
सौराहाको पर्यटन प्रर्वद्धनको प्रतिनिधित्व गर्दै रत्ननगरको तर्फबाट उम्मेदवारी दिन लागेको उनले बताए । चितवनको पर्यटकीय नगरी सौराहाका पर्यटन व्यवसायी विष्ट होटल संघ नेपालका केन्द्रीय सदस्य समेत हुन । क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष समेत रहेका विष्ट सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष हुन । काँग्रेसभित्र आन्तरिक एकतालाई मजबुत बनाउदै संगठन निर्माण र गुठगत राजनीतिको अन्त्य गर्न आफुले जिल्ला सदस्यमा उम्मेदवारी दिन लागेको बताए । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ ।
स्थानीय तहको निर्वाचनको संघारमा रहेको बेला हुन लागेको चितवन काँग्रेसको जिल्ला अधिवेशन हुँदैछ । व्यवसायी विष्टले चुनाब जितेर सेवा गर्ने अबसर प्रदान भए आगामी तीनै तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लागि पर्ने प्रतिबद्धता जनाए । नेपाली काँग्रेसको गुमेको साखलाई पुनस्थापना गर्ने उनको भनाई छ । चितवन काँग्रेसको जिल्ला अधिवेशन यही फागुन २० गते नारायणी कला मन्दिर नाराणगढमा हुँदैछ ।











