चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको छ । आज (बिहिबार) दिउसो २ बजेको समयमा भरतपुर–.३ नजिकै रहेको नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा चितवन भरतपुर–७ बिकाशचोक बस्ने बिमल गौतमका छोरा बर्ष १० वर्षका बिदान गौतम र अर्का नाम थर नखुलेका १२ वर्षका बालक रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पौडी खेल्ने क्रममा पानीमा डुबेको अबस्थामा फेला परेका दुबैजनालाई तत्काल स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल लगिएको भएपनि.करिब २ः३९ बजेको समयमा चिकित्सकले दुबै बालकलाई मृत घोषणा गरेका थिए । सो घटनाको बिषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया