अजित अधिकारी
चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् ।
माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् ।
उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी एकीकृत समाजवादी नै हुने बताएका थिए । यसैगरी उनले, के.पी. ओली प्रधानमन्त्री रहँदा भएको ५५ वटा सम्मेलित भ्रष्टाचारको किताब सार्वजनिक हुन लागेको खुलासा समेत गरेका थिए ।
ओलीले कम्युनिष्ट पार्टीलाई मात्र नभई सबै पार्टीलाई आफ्नो हातमा लिन खोज्ने र शासन चलाउन खोज्ने घमण्ड रहेको जिकिर गरे ।
यसैगरी उनले आफ्नो पार्टी एक्लै लड्न र कसैसंग पनि गठबन्धन नगरी जनताको मन जित्ने र प्रत्यक्षतर्फ कम्तीमा १५ सिट र समानुपातिकबाट १२ सिट ल्याउने समेत दाबी गर्दै, बिगतमा एमाले पार्टी बनाउने ठुला नेताहरु नै एकीकृत समाजवादी पार्टी बनाउन लागेको हुँदा अब एमाले पार्टीका सबै कार्यकर्तालाई समाजवादीमा आउन आह्वान गरेका थिए ।
अबको चुनावमा जनतासंग भलाकुसारी गर्दै, जनताका साना तथा ठुला समस्याहरु शिक्षा, स्वास्थ्य, संचार तथा यातायात लगाएतका सबै पूर्वाधारहरुको बिकासमा नेकपा एकीकृत समाजवादी एकढिक्का भएर लाग्ने बताए ।











