चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धी तथा लायन्स क्लब अफ रत्ननगर पंचकन्या गरि तिन वटा लायन्स क्लबले संयुक्त रूपमा बिकट गाँउका बासिन्दालाई कुखुराको चल्ला, दाना तथा औषधी बाँडेका छन् ।

तिन लायन्स क्लबले संचालन गरेको पाँच वर्षिय योजना ‘मेरो लायन्स गाँउ कार्यक्रम’ अन्र्तगत सो क्लबहरुले कालीका नगरपालिकाको वडा नं १० को विकट गाँउ देउजरमा दिगो आर्थीक सम्बृद्धीका लागी हातेमालो गर्दै कुखुराको चल्ला, दाना तथा औषधी हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा कुखुराका दाना, चल्ला तथा औषधीको साथमा स्थानिय आधारभूत विद्यालयका लागी खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रम संयोजक सुमन सुबेदीले लायन्स क्लवले सामाजिक उत्तरदायित्वको बोध गरेर बिगत लामो समय देखि विद्यालय तथा सोही गाँउका बासिन्दाहरुलाई सहयोग गर्दै र जनचेतना मुलक कार्यक्रमहरु नियमीत रुपमा संचालन गर्दै आएको बताए । उनले दिर्घकालीन परियोजनाको रुपमा लायन्सले हामी सेवा गर्छौ भन्ने मर्म अनुरुपनै आगामी ५ बर्ष सम्म सो कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।











