नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रत्ननगर नगर कमिटी निर्वाचन पश्चात टुंगो लागेको छ । आज (मंगलबार) भएको निर्वाचन मार्फत श्याम बराल अध्यक्षमा निर्वाचित भएसँगै माओवादी केन्द्रको रत्ननगर कमिटीको टुंगो लागेको हो । वडा सम्मेलनबाट चयन भएका कुल ६५ प्रतिनिधि मध्ये ६२ जना सहभागी आजको निर्वाचनमा ३ जना अनुपस्थित भएको निर्वाचन अधिकृत बद्रीनाथ पण्डितले जानकारी दिए ।
निर्वाचनको मत परिणाम यस प्रकार रहेको छ ।
उम्मेदवारहरु:
अध्यक्ष
१. श्याम प्रसाद बराल ३७
२. दिपक शाही (सुरेश) २५
उपाध्यक्ष
१. वासुदेव चापागाईं ५२
२. प्रदीप वन्जरा ४६
३. अनिल तमाङ २९
४. दिल बहादुर बुढाथोकी ४२
सचिब
१. मेघनाथ पौडेल ३८
२. झनक प्रसाद पौडेल २२
कोषाध्यक्ष
१. आत्मराम कुमाल (प्रकाश) ३६
२. बिष्णु पोख्रेल २३
सह-सचिव
१. श्याम बहादुर देवकोटा १०
२. लक्ष्मी नेपाली (कृपा) ५२











