चितवन । यतिखेर स्थानीय निर्वाचनको सरगर्मी बढिरहेसँगै मेयर पदको लागि बिभिन्न पार्टीबाट नाम चर्चामा आउन थालेको छ । सोही बमोजिम कालिका नगरपालिकामा भने मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कडेलको चर्चा सुरु भएको छ ।
नेपाली कांग्रेसमा पनि धेरैजना आकांक्षीहरू विच टिकटको लागी लविंग शुरु भएको अवस्था छ । कांग्रेस भित्र पनि सवै प्रकारको मतदाताको मत पाउँन सक्ने र सवैको लागि स्वीकार्य हुन सक्ने उमेद्वारको खोजी भइरहेको छ ।
आपसी सहमति हुन नसकेमा नेपाली कांग्रेसले कालिकामा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सुपरिचित शैक्षिक व्यक्तित्व डा. हरिप्रसाद कंडेललाई मेयरको लागी मनाउने कोसिस भइरहेको कुरा वाहिरिएको छ ।
विस्वस्त श्रोतका अनुसार डा. कडेलले सर्वसम्मत भएमा मात्र मेयरको लागी तयार हुने वताउनु भएको छ । यो पंक्तिकारले सम्पर्क गर्दा पार्टीले आफ्नो आवश्यकता ठान्यो र जिम्मेवारी दियो भने मानसिक रुपले तयार रहेको कुरा डा.कडेलले वताउनु भएको छ । पार्टीको ग्रिन सिग्नल दिएमा उहाँले पेशागत जिम्मेवारी भने त्याग गर्ने वताउनु भएको छ ।
डा.कडेल एक उत्प्रेरक व्यक्तित्व हुनुहुन्छ । उहाँ स्थानीय कर विज्ञ, एक सफल योजÞनाकार तथा मानव संसाधनको उत्प्रेरक नेतृत्व को रुपमा रहदै आउनु भएको छ ।











