चितवन । पूर्वी चितवनकाे भानुचाेकमा सवारी दुर्घटना हुँदा श्रेष्ठ दम्पतीकाे मृत्यु भएकाे छ ।
रत्ननगर नगरपालिका- १० भानुचोकमा आज साँझ पौने ५ भएको सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठ दम्पती काे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ०३- ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालक रत्ननगर नगरपालिका वडा नं. २ का ५५ वर्षीया निरञ्जन श्रेष्ठ र मोटरसाईकल पछाडी सवार उनकी श्रीमती ५० वर्षीया निनतारा गम्भीर घाईते भएकी थिइन् । उनीहरु दुबैजनाकाे पुरानो मेडिकल कलेजमा उपचार भईरहेको थियो ।

उनीहरु दुबैजनाको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र वहादुर रानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया