चितवन । रत्ननगर १३ मा रहेको नेपाल रेडकस सोसाईटी पञ्चकन्या उपशाखाको सभापतिमा अर्जुन पौडेल चयन भएका छन् । उपशाखाको आज सम्पन्न एघारौं साधारण सभा तथा चौथो अधिवेशनबाट सभापतिमा अर्जुन प्रसाद पौडेल चयन भएका हुन् ।

सोही अधिवेशनबाट उपसभापतिमा मिना बुढाथोकी, सचिवमा विनोद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र कुमार बस्नेत, उप–सचिवमा श्याम सुन्दर गुरागाई, उप–कोषाध्यक्षमा डिल्लीराम कंडेल सदस्यहरुमा क्रमशः देवकी पन्त, इन्दिरा दुवाडी, कृष्ण प्रसाद सापकोटा, सरस्वती भन्ताना, सुरेश जंग पाण्डे चयन भएका छन् ।
नेपाल रेडकस सोसाईटीका जिल्ला सभापति ज्ञानशालि न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रम ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।











