चितवन । सरसफाई गर्ने क्रममा भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो २ः१० बजेको समयमा भरतपुर म.न.पा.–१ आँपटारी स्थित तौलपुल नजिकै सडक बिभागबाट सरसफाईको लागि खटिएका तनहु देवघाट ५ बस्ने बर्ष ५५ का भिम बहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त सडक छेउको नालीमा सरसफाई गर्ने क्रममा चुडिएर नालीमा (भुईमा) लत्रिएको तारबाट मगरलाई एक्कासि करेन्ट लाग्न गई उनको मृत्यु भएको थियो । घटना पछि प्रहरीले मगरको सवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाएको र सो घटनाको बारेमा अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया