चितवन । पश्चिम चितवनमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खादा ८ जना घाईते भएका छन् । आज (शनिबार) बिहान करिब ०८ः०० बजेको समयमा भरतपुर म.न.पा. १४ लाफाचोकमा पटिहानिबाट गितानगर तर्फ आउदै गरेको ना१ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना१ज ४१८१ नम्बरको म्याजिक भ्यान एक आपसमा ठक्कर खाएको थियो ।
सो ठक्करबाट ना१ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएको र घाइते सबैलाई उपचारको लागि भरतपुरको एलाईभ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबै सवारी साधन र ना१ज ६१८८ नम्बरको म्याजिक चालक ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा रहेको छ ।
घाईतेहरुको नाम र अवस्था यस्तो रहेको छः
१. ना१ज ४१८१ म्याजिकमा सवार कास्की पोखरा–१५ नयाँगाउ बस्ने बर्ष ५० की कृष्णमाँया सापकोटा, मध्यम ।
२. भरतपुर म.न.पा.९ शरदपुर बस्ने बर्ष ४७ की सरस्वती देवकोटा, सामान्य ।
३. भरतपुर म.न.पा.८ गौरिगन्ज बस्ने बर्ष १८ को प्रबिण ढकाल, सामान्य ।
५. चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष १४ को सुशिल देवकोटा, सामान्य ।
६. चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष २७ को सन्जय सापकोटा, सामान्य ।
७. चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष १६ की सलिना देवकोटा, सामान्य ।
८. चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष ३४ की अन्जु थपलिया, सामान्य ।











