चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि लगेको धमलाको सव भेटिएको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको थियो ।
धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट र ईप्रका खैरहनीबाट प्रहरीले तुरुन्त खोजि कार्य अगाडी बढाएको थियो । हराएका धमलाको सव जंगल भित्र बायाँ खुट्टा बाघले खाएको अवस्थामा फेला परेको हो ।











