रत्ननगर । चितवनको रत्ननगरमा नेपाली कांग्रेसबाट मेयरमा दुई महिला सहित १८ जनाले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका पुराना देखि युवा नेताहरुले मेयरमा दाबी पेश गरेका हुन । रत्ननगरको मेयरमा सो पार्टीबाट नगर सभापति प्रल्हाद सापकोटा,पूर्व क्षेत्रीय सभापति माधव अर्याल,महाधिवेशन प्रतिनिधि भेषराज दुवाडी,निर्वतमान नगर सभापति रुपनराज घिमिरे,जिल्ला सचिव सुर्य अर्याल, क्षेत्रीय सचिव उमेश गिरी,पूर्व जिल्ला सदस्य राममणि खनाल,प्रदेश ख का सभापति गोविन्द गौतम,पार्टीका नेता तथा पर्यटन व्यवसायी रामकुमार अर्यालले मेयरमा दावी गरेका छन् ।

त्यसैगरी मेयरमै पूर्व जिल्ला प्रबक्ता निता ढकाल,महाधिवेशन प्रतिनिधि गीता देवकोटा,पूर्व नगर सभापति तथा वागमती प्रदेश कमिटी सदस्य महेशप्रसाद रौनियार,क्षेत्रीय प्रतिनिधि रघुनाथ भट्ट,नेताहरु भरतप्रसाद खनाल,रामहरी न्यौपाने, राजेन्द्र मैनाली,महासमिति सदस्य सरोज कुँवर,संजय लामाले मेयरमा दावी गरेका छन ।

रत्ननगरको उपमेयरमा चार जना पुरुष सहित ७ जनाले दावी गरेका छन् । उपमेयरमा पूर्व जिल्ला सदस्य सीता रिजाल, पूर्व नगर सचिव सीतादेबी रेग्मी,महासमिति सदस्य सरस्वती पौडेल,नेतृ पम्फा अर्याल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महाधिवेशन प्रतिनिधि नेमराज पौडेल, क्षेत्रीय सचिव दीपकराज पौडेलले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया