महेश पाण्डे
चितवन । रत्ननगर–१, सौराहा चोकमा रहेको साहारा सुपर मार्केटमा बिहिबारबाट चितवन रोधी घर सञ्चालनमा आएको छ । सो रोधी घरको रत्ननगर नगरपालिकाकी उप–प्रमुख बिमला देवी दुवाडीले आज एक कार्यक्रमका बिच उद्धघाटन गरिन् ।

उद्धघाटन पछि बोल्दै उप–प्रमुख दुवाडीले आफुले अहिले सम्म उद्धघाटन गरेका कुनैपनि संस्थाहरु घाटा भएर बन्द भएको आफुले नदेखेको बताउदै सो रोधी घरको पनि ब्यवसाय राम्रो हुनेमा आफु आशावादी रहेको बताइन् ।

उनले दोहोरी मनोरञ्जनात्मक मात्रै नभएर सन्देश मुलक पनि हुनपर्ने बताउदै दोहोरी फोहोरी हुन नहुने धारणा ब्यक्त गरिन् । उनले दोहोरी सुन्न र हेर्न परिवार मिलेर आउदा शिर निउराउने स्थिति सिर्जना हुन नदिन सबैमा आग्रह पनि गरिन् ।

रोधी घरका सञ्चालक समेत रहेका चिरिञ्जिवी पाण्डेले करिब २ वर्ष देखि सञ्चालनमा आएको चिम्नि मल्टि कुजिन रेष्टुरेन्टको ब्यवस्थापनमा सो रोधी घरलाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सो रोधी घरमा करिब ६० लाख लगानी गरेको जानकारी दिदै चिसो एसिको साथमा एकैपटक ५० जनाको क्षमता धान्न सक्ने गरि हल निर्माण गरिएको बताए । उनले हरेक साँझ ६ बजे देखि १२ बजे सम्म दोहोरीको मज्जा लिन आउन सबैमा आग्रह पनि गरे ।

उनले बैशाख १ गते देखि ५ गते सम्म अस्मिता डल्लाकोटी, सुमन थापा मगर, बिशाल रायमाझी, आशा बिशी, एलिना बि.क. लगाएत राष्ट्रिय लोक तथा दोहोरी कलाकारको दैनिक प्रस्तुती रहने समेत जानकारी दिए ।

सो कार्यक्रममा साहारा सुपर मार्केटकी प्रवन्ध निर्देशक बिरञ्जना घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान चितवन शाखाका उपाध्यक्ष भट्टराई लगाएतको उपस्थिति रहेको थियो । चिरिञ्जिवी पाण्डे, शिवराज पाण्डे र कृष्ण काजि थापाको लगानीमा सो रोधी घर सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया