चितवन । नेकपा एमालेले पूर्वी चितवनका ४ नगरपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । जस अनुसार रत्ननगर नगरपालिकोको प्रमुखमा विमला दुवाडी, उप–प्रमुखमा यादव पाठक, राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल, उप–मेयरमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरी, उप–प्रमुखमा कविता उप्रेती, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी, उप–प्रमुखमा विमला लामा रहेका छन् ।
नेकपा एमालेले स्थानिय निर्वाचनको लागि उमेदवारको नाम टुङ्गो लगाउदा पनि अन्य दलले भने अहिले सम्म उमेदवारको टुङ्गो लगाउन भने सकेका छैनन् ।











