चितवन । रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढी रहेको छ । वडा नं. १० बाट नेकपा एमालेका उम्मेदवार सन्देश पाठकको नेतृत्वमा घरदैलो कार्यक्रम अगाडी बढेको हो ।

पाठकले “ कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार, वडा नं. १० को मुुख्य आधार” भन्ने नारालाई आत्मसाथ गर्दै घरदैलो कार्यक्रमलाई अगाडी बढाइएको जानकारी दिए । उनले हरेक दिन जसो वडावासीको घरदैलोमा आफुहरु जाने गरेको समेत बताए ।













