चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरुले मङ्गलबार घरदैलो गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवाल सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बाहादुर गुरुङ्ग , राम बाहादुर थापा मगर महिला सदस्य गोमा उप्रेती र दलीत महिला सदस्य सपना परियार पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद दिदै शशी खनियाको नेतृत्वमा खैरहनी नगरपालिकाले आमूल परिवर्तन गर्ने र ग्रामीण भेगको बिकासमा उहाको टिम लागि पर्ने बिश्वास ब्यक्त गरेका छन।

भौगोलिक हिसाबले सुन्दर रहेको खैरहनी ४ को पर्यटनलाई विस्तार गरि कुमरोजमा आएको पर्यटकलाई कन्काली ल्याएर होमस्टे निर्माण गरि यहाको पर्यटन विस्तार र कृषि उपजको प्रवर्द्धनमा आफू लागिपर्ने मेयर पदका उम्मेदवार खनियाले बताए । खैरहनि ४ को मेलमिलाप चोक, चामेडाडा, लाफागाउ, सुर्योदय टोल, गैडेआहाल, पुलचोक लगायतका स्थानमा वडाबासी मतदाताले गरेको स्वागत हौसला र उहाँहरुले आफुप्रती देखाएको भरोसाका कारण आफु उत्साहित भएको खनियाले बताए । उपमेयर पदका उमेदवार लक्ष्मी ढकालले पाँच बर्षको अबधिमा यश क्षेत्रको पर्यटन विस्तार लगायतका कार्यमा नगरले ध्यान नपुर्याएको भन्दै कन्काली सामुदायिक वनमा पर्यटन प्रवर्दन गरि यहाको विकासलाई पुरा गर्ने र यहाका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफुले उमेदवारी दिएको बताए । हामी नगरबासीको जनचाहना बमोजिक काम गर्न मैदानमा आएका हौं उनले भने यसको हामी प्रतिबद्ध छौं ।

वडाध्यक्ष पदका उम्मेदवार नारद बरुवालले बेल्सी पुल देखि भुतिया खोलासम्म औधोगिक करिडोर निर्माण,कयर खोलामा तटबन्ध,सामुदायिक विधालयको स्तरोन्नति लगायतका कार्यलाई प्राथमिकतामा राख्दै समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन।
३१०२ मतदाता रहेको सो वडामा यश अघि भएको स्थानिय निर्वाचन र उपनिर्वाचनमा पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्ष लगायत सम्पुर्ण पदमा विजय हासिल गरेको थियो।
यस्तै खैरहनी नगरपालिकाका नगर सभापति गुणराज श्रेष्ठले नगरको १३ वडामा घरदैलो कार्यक्रम संचालन भैरहेको र स्थानीयको उल्लासपुर्ण सहभागीताले काङ्ग्रेस सहितको गठबन्धनले मेयर उपमेयर सहित १३ वटै वडामा जितको नजिक पुगेको बताए।

तपाईको प्रतिक्रिया