रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ मा नेपाली कांग्रेसका उमेदवारहरुले जनतासँग भोट माग्न घरदैलो गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउँदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन् ।

वडाध्यक्ष पदका उमेदवार बद्रिप्रसाद अर्याल, खुल्ला सदस्यका उमेदवारहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, महिला सदस्यकी उमेदवार जुगमाया गुरुङ र दलित महिला सदस्यकी उमेदवार सरिता सुनारसहितका नेता तथा कार्यकर्ताहरुले सो वडामा घरदैलो गरेका हुन् ।

वडाध्यक्ष पदका उमेदवार अर्यालले पाँच वर्ष एमालेको सरकारले वडा चलाउँदा अपेक्षाकृत काम गर्न नसकेको भन्दै वडालाई नमुना बनाउन आफूले उमेदवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया