चितवन । स्वतन्त्रबाट उम–प्रमुख पदकी उम्मेदवार बिरञ्जना सापकोटा घिमिरेले घरदैलो कार्यक्रमलाई तिब्र बनाइरहदा नगरबासीको मन जित्दै गएको आभाष हुन थालको छ । पार्टीले उचित स्थान नदिएपछि नगरको बिकास स्वतन्त्र भएर पनि गर्न सकिन्छ भनेर उप–प्रमुख पदमा पुतली चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी घिमिरेले हरेक दिन गर्ने घरदैलोमा राम्रो माहोल बन्दै गएको छ ।

बिशेषगरि नगरमा बिजयी हुने उम्मेदवारले बिजयी भएपछि पार्टी भक्त भएर त्यति राम्रो काम गर्न नसकेको स्थितिमा आफु स्वतन्त्र उम्मेदवारको तर्फबाट उठेकाले सबैको मनोभावनालाई आत्मसाथ गरेर कसैलाई काख र कसैलाई पाखा गरेर काम नगर्ने घिमिरेको प्रतिबद्धता रहेको छ ।

उनि भन्छिन्ः “नगरको बिकास गर्न भिजन चाहिन्छ, अहिले सम्म भिजन भएको नेता नभएर नै देशको बिकास हुन नसकेको हो । मसँग भिजन छ, गर्छु भन्ने साहास छ । सबैले साथ दिएमा म काम गरेर देखाउने छु ।”
घिमिरेको प्रतिबद्धता पत्र हेरेर अहिले धेरै वडाका बासिन्दाले उनको पक्षमा लागेर चुनावी प्रचारमा हिडेको देख्न सकिन्छ ।
के छ त उनको प्रतिबद्धता ? हेरौं यो भिडियो











