रत्ननगर,बैशाख २३
नेपाल कम्युनिष्ट पार्टी(एमाले)रत्ननगरले गरेको घरदैलोमा उत्साहजनक सहभागिता भइरहेको छ । शुक्रबार रत्ननगरको वडा नं १ र ९ मा भएको घरदैलोमा उत्साहजनक सहभागिता भएको हो । १६ वटा वडा रहेको रत्ननगरमा आज वडा नं १ र ९ मा मेयर र उपमेयर सहितको टोली र अन्य वडामा वडाध्यक्ष सहितको टोलीले घरदैलो गरिरहेको नगर अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए । हरेक दिन छुट्टा छुट्टै वडाको घरदैलो गर्दै मत माग्दै हिडेका मेयरकी उम्मेदवार विमला दुवाडी र उपमेयरको उम्मेदवार यादब पाठकले मतदातालाई एमालेप्रतिको आशा र भरोसा भएका कारण एमालेलाई मत दिने विश्वास व्यक्त गरेका छन् ।

दुवाडी र पाठक सहित वडा नम्बर १ र ९ मा भएको घरदैलोमा मतदाताहरुले एमालेका उम्मेदवारलाई फूल दिंदै खादा र अविर लगाएर स्वागत गरेका थिए । घरदैलोमा वडाका मतदाताले विकास निर्माणका काम, खानेपानी, शिक्षा, स्वास्थ्यको विकासको क्षेत्रमा रहेका समस्याहरुलाई समाधान गर्न आग्रह गरेको मेयरकी उम्मेदवार विमला दुवाडीले बताइन् ।

घरदैलो कार्यक्रममा मेयर,उपमेयरको उम्मेदवार सहित वडा नं.९ का वडाध्यक्षका उम्मेदवार घपन बहादुर तामाङ्ग,वडा नं.१ का वडाध्यक्षका उम्मेदवार शालिग्राम पराजुली,वडा सदस्यका उम्मेदवार,एमालेका केन्द्रीय, प्रदेश, जिल्लाका नेताहरु, राष्ट्रिय युवा संघ, अनेरास्ववियु लगायत विभिन्न भातृ संगठनमा आवद्ध नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया