चितवन । रत्ननगर-१० मा कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार कलाधर पाैडेल सहितकाे घरदैलाे कार्यक्रम तिब्र बन्दै गएकाे छ ।

वडाकाे बिकाससँगसँगै वडालाई प्रविधि मैत्री र भ्रष्टाचार मुक्त बनाउने अभियानका साथमा चुनावी मैदानमा हाेमिएका पाैडेलले रत्ननगर-१० नं. वडामा रहेका प्रत्येक टाेल टाेलमा पुगेर स्थानीयसँग आफ्नाे प्रतिबद्धता प्रकट गरिरहेका छन् ।

पाैडेल भन्छन् “वडाबाँसीलाई ठुलाे सपना बाड्नु भन्दापनि उहाँहरुकाे सुख, दुःखकाे सहयात्री बन्दै वडा बिकासकालागि लाग्नुनै मेराे लक्ष्य हाे ।” उनले आफ्नाे याे अभियानमामा वडाबाँसीकाे सहयाेग रहनेमा आफु आशावादी रहेकाे बताए ।

तपाईको प्रतिक्रिया