महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरले विश्व वातावरण दिवसर पारेर रत्ननगरमा बृहत कार्यक्रम गर्ने भएको छ । आज (शनिवार) क्लबले आफ्नो रेगुलर १०५० औं बैंठक सँगै पत्रकार सम्मेलनको पनि आयोजना गरेर सो कुराको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष निराजन खनालले जेष्ठ २२ गते परेको विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिकामा रहेका १६ वटै वडाका आमा समूह र महिला समूहका सदस्यहरुलाई लक्षित गरि भान्सा औषधालय सम्बन्धि तालिम दिइने जानकारी दिए ।

उनले जेष्ठ २३ गते पूर्वी चितवनका बिद्यालयहरुको सहभागितामा माध्यामिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगिताको पनि आयोजना गरिने बताए । खनालका अनुसार दुई दिने कार्यक्रम न्यू क्यापिटल कलेजको सभाहलमा हुनेछ ।

सो कार्यक्रमका संयोजक तथा क्लबका ईलेक्टेड प्रेसिडेन्ट रामहरी लम्सालले रत्ननगर रोटरीले बृहत कार्यक्रमहरु गर्दै आएकोमा यस वर्षपनि वातावरण दिवसलाई ध्यान दिएर बृहत कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

उनले पहिलो दिनको कार्यक्रममा भान्साघर देखि करेसावारी सम्म महिलाको भुमिका महत्वपूर्ण हुने भएकाले हरेक खानेकुरा पकाउदा त्यसको फाइदा र बेफाइदाको बारेमा जानकारी दिन बिशेषज्ञ सहितको प्रशिक्षणमा भान्सा औषधालय सम्बन्धि तालिमको आयोजना गरिएको जिकिर गरे ।

त्यस्तै लम्सालले दाश्रो दिन माध्यामिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगिताको आयोजना गरिएको बताउदै प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्धितिय हुनेलाई ८ हजार, तृतिय हुनेलाई ४ हजार र सान्त्वता हुने २ जनालाई जनही २ हजार प्रदान गरिने बताए ।

कार्यक्रमको प्रायोजक समेत रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले कोभिड अघि पनि वातावरण सम्बन्धि कार्यक्रममा आफुहरुले सहकार्य गरेकोमा सोको निकै प्रभावकारीता देखेर अहिले पनि रत्ननगर रोटरीसँग सहकार्य गरेको बताए ।

आईतबार र सोमबार बिहान ११ बजे पछि सुरु हुने कार्यक्रममा करिब ३०० जना जतिको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । सो कार्यक्रममा आउने आमा समूह र महिला समूहलाई कलेजले निशुल्क यातायातको ब्यवस्था गरिने न्यू क्यापिटल कलेजका प्राचार्य भुपेन्द्र धितालले जानकारी दिए । सो कार्यक्रममा उपस्थित सबैलाई क्लबका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले धन्यवाद ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया