चितवन । रत्ननगर नगरपालिका वडा नं. ५ मगरटोल स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भिर घाइते भएकी छिन् ।
आईतबार साझ ०५ः४० बजेको समयमा रत्ननगर नगरपालिका वडा नं. ५ मगरटोल स्थित भित्री सडक खण्डमा मगरटोल बाट गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा२०च ४११४ नं. को कारले पैदलयात्रा गरि रहेकी सोही स्थान बस्ने बर्ष ४२ वर्षकी सेतीमाया घलान (अधिकारी ) लाई ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही कारको ठक्करबाट रत्ननगर न.पा.५ नै बस्ने बर्ष ५५ कि राधीका बोटे गंभिर घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज पठाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मृतक घलानको शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल लगिएको छ ।
पैदलयात्रीलाई ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीको नियन्त्रणमा रहेपनि कार चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।











