चितवन । नारायणी नदिमा डुबेका दुई महिलाको उद्धार गरिएको छ । आज (बिहिबार) दिउँसो करिब ३ः०० बजेको समयमा भरतपुर म.न.पा. ३ सामुदायिक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल मुनि डुबेको अवस्थामा दुई महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नाम ठेगाना नखुलेको एक जना ३०/३२ बर्षको र अर्को ३५/४० बर्षको जस्तो देखिने २ जना महिलाहरु जमेको पानिमा डुवेको स्थानिय मानिसले देखी तत्काल उद्दार गरी बाहिर निकालेको अवस्थामा दुवै जना महिलालाई उपचारको लागी भरतपुर सरकारी अस्पतालमा पठाईएको भएपनि दुबैको अवस्था भने गम्भिर रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया