चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था टाँडीद्धारा आयोजित व्यवसायीक बाख्रापालन तालिम सम्पन्न भएको छ । सो संस्थाले ३१ जना ग्राहक सदस्यहरूको सहभागितामा असार १ गते देखि ३ गतेसम्म टाँडीमा “व्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका टाँडी शाखा प्रमुख ज्योति राज रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

शतिmखोर म स कि सदस्य आइती मायाको सभाअध्यक्षमा सम्पन सो कार्यक्रमको सुभारम्भ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय चितबनका क्षेत्रीय प्रमुख रिता रेग्मीेले गरेकी थिइन् । शुभारम्भ कार्यक्रम पछि सहभागीलाई डा.योगेन्द्र राजपन्त, डा. अनिल रेग्मी र सुजाता रेग्मीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रेहेकी क्षेत्रीय प्रमुख रेग्मीले लघुवित्त सेवाको साथसाथै सदस्यहरूलाई सिप तथा उद्यमशीलता विकाश तालिम दिई व्यवसायी बनाई रोजगारी र आयआर्जनमा बृद्धि गर्न सहयोग वित्तीय सेवा नभई महिला सशक्तीकरणमा लघुवित्त कार्यक्रम प्रभावकारी रहेको बताइन् । उनले एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको बताउदै संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र संस्थाबाट कर्जा लिई व्यवसाय गरी लघुउद्यमीबाट साना उद्यमीमा रूपान्तरण भएकोमा आफुलाई खुसी लागेको बताइन् ।

सो कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले १२ कक्षामा बढि अंक ल्याउने सदस्यका छोराछोरीलाई छात्रबृत्ती समेत हस्तातरण गरेका थिए ।
तालिममा बाख्रापालन व्यवसाय एक परिचय, नेपालमा बाख्रा पालनको आवश्यकता, महत्व र वर्तमान स्थिती, बाख्राका बिभिन्न जातहरूको जानकारी, बाख्राको खोर निर्माण, ब्रिडिङ सम्बन्धी जानकारी, स्वास्थ्य सम्बन्धी जानकारी, पाठापाठी हुर्काउने तरिका, रोगी तथा निरोगी बाख्राको पहिचान, बाख्रामा लाग्ने रोगहरू (परजिवि जिबाणु र मेटावोलिक), बाख्रामा आहारको महत्व (सन्तुलित आहार बनाउने तरिका, हरियो घाँस व्यवस्थापन), गर्भिणी तथा सुत्केरी माउ बाख्राको स्याहार, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोत्तरको महत्व एवम् सोत्तरको लागि प्रयोग गरिने वस्तुहरू, परिजिविहरूको नियन्त्रण साथै खोप कार्यक्रमबारे जानकारी, स्थानीय बाख्रा पालनको महत्व, कमि, कमजोरी, संरक्षण तथा विकास, बजार व्यवस्थापन सम्बन्धमा प्रशिक्षकरूले सहजिकरण गरेका थिए ।

टाँडी शाखा प्रमुख ज्योति राज रेग्मीले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था भएको बताउदै संस्थाले १८१ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे जानकारी दिए ।

उनले संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान÷राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान÷राहात, सदस्यलाई पाठेघरको शल्यव्रिmया गरेको अवस्थामा आर्थिक अनुदान÷राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको बताए । रेग्मीले संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको बताए ।

रेग्मीले तालिममा सहभागीलाई तालिम अवधिभित्रनै १ दिने स–सानो लगानिबाट पनि कसरि व्यवसायिक हुन सकिन्छ भनेर बाख्रापालन गरेका कृषक खोरमा को भ्रमण गराइएको बताए ।
तालिममा सहभागिहरुले व्यवसायिकरूपमा बाख्रा पालन गरी आम्दानी वृद्धि गर्न तालिमले हौसला प्रदान गरेको र तालिममा सिकेका विषयहरूलाई व्यवसायमा प्रयोग गरि व्यवस्थित र आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सहभागीको तर्फबाट जानु थापाले मन्तब्य राखेको थिइन् ।

तपाईको प्रतिक्रिया