चितवन । रोटरी क्लव अफ रत्ननगरको शनिवार पद हस्तान्तरण कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष निराजन खनालले बर्ष सन् २०२२/२३ का अध्यक्ष रामहरि लम्साललाई अध्यक्ष पद हस्तान्तरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आरआइ डिष्ट्रिक ३२९२ का गर्भनर जितेन्द्रराज भण्डारीले नवनिर्वाचित अध्यक्ष लम्साललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो पश्चात अध्यक्ष लम्सालले क्लवका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथप्रहण गराएको रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष तथा रोटरीका असिष्टेन गर्भनर विपिन पोखरेलले जानकारी दिए ।

हालै मात्रै निर्वतमान भएका अध्यक्ष खनालले आफ्नो कार्यकालमा रोटरी मुसहर भिलेज स्थापना, स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण,शैक्षिक सामाग्री वितरण,विद्यार्थीलाई पोसाक तथा न्यानो कपडा लगायत ३७ वटा कार्यक्रम गर्न सफल भएको बताए । उनले आफ्नो कार्यकाललाई सार्थक बनाउन सहयोग गर्ने पदाधिकारी तथा पूर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

उत्कृष्ट रोटरी अवार्ड गोविन्द पौडेल तथा डा.निमेश खनाल, बुद्धराम जोशी, विष्णु प्रसाद शर्मा, डा.विजयराज न्यौपाने,जनकराज पौडेल अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा क्लवका सामाजिक क्रियाकलापमा सहयोग गर्ने एलिना आचार्य, गीता अधिकारी, ज्ञानबहादुर विसुराल, प्रेमकृष्ण खनाल, जनकराज पौडेल, माधव अर्याल, डिल्लीराम अधिकारी, जगन्नाथ अधिकारी, पत्रकार विपीन शर्मा आचार्यलाई सम्मान गरिएको छ ।
केशव आचार्य, ओमलाल सापकोटा, भूपेन्द्र धिताल, अभिषेक खनाल, ओमप्रकास कलवार, अन्जना जोशीलाई रोटरी क्लव अफ रत्ननगरले सदस्यता प्रदान गरिएको थियो । निर्वमान अध्यक्ष खनालले स्पाउस क्वल अफ रत्ननगरलाई रु एक लाख रुपैया प्रदान गरेका छन् ।
कार्यक्रममा असिष्टेन गर्भनर विपिन पोखरले, अशेष भण्डारी, सुरेश सेन, स्पाउस क्लव अफ रत्ननगर अध्यक्ष विमला खनाल लगायतलेको सहभागिता रहेको थियो ।











