चितवन । नेपाल बन्दमा सवारी साधन चलाएकाे भन्दै बन्दकर्ताले चितवनमा सवारी ताेडफाेड गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) समूह लगाएत चार दलले आज (मंगलबार) गरेकाे नेपाल बन्दमा सवारी चलाएकाे भन्दै चितवनका विभिन्न ठाउँमा बन्दकर्ताले सवारी साधनमा ताेडफाेड गरेका हुन् ।

प्रहरीका अनुसार भरतपुर म.न.पा.को बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भनि प्रदेश३-०-०१क०३१२ नं.को कार, ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक, ना५ख १४३१ नं.बस, ना४ख८३२५ नं. ट्रक, प्रदेश २-०-३-००१ख००९८ नं. को. बसमा ढुङ्गाले हानि सिसामा सामान्य क्षति पुर्याएका छन् ।

प्रहरीले सवारी ताेडफाेड क्रियाकलापमा संलग्नता रहेको हुन सक्ने भन्दै ५ जना बन्द कर्ताहरु र ४ थान मो.सा. नियन्त्रणमा लिई यस कार्यालय ल्याई राखिएको जनाएको छ ।

नियन्त्रणमा लिएका मो.सा.तथा मानिसहरु निम्न अनुसार रहेकाे प्रहरीकाे भनाइ छ ।
१.जिल्ला चितवन भरतपुर म.न.पा.२३ बस्ने बर्ष ३५ को अमित घिसिङ।
२.बागमती प्रदेश०३-००१प६८०५,ना५६प८५५४ नं.को मो.सा. ।
३.बा८०प९०२४ नं.को मो.सा.चालक जिल्ला बारा घर भइ हाल भरतपुर म.न.पा.९बस्ने बर्ष २१ को राजन बाबु सिह- ।
४.ना३१क६८१० नं.को मो.सा.चालक जिल्ला चितवन भरतपुर म.न.पा. ७ बस्ने बर्ष ३२ को सुरज शर्मा र सोहि मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २४ को सुदिप पौडेल ।
५.जिल्ला चितवन भरतपुर म.न.पा.२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ट ।

तपाईको प्रतिक्रिया