नेपालीको आवाज डटकम न्युज डेस्क
काठमाण्डौ ।
सिआईबीले गरेको फेक रेस्क्यु अनुसन्धान बारे नेपाल एशोसियसन फर टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष अच्युत गुरागाईले रातोपाटी डटकमलाई अन्तरवार्ता दिदै फेक रेस्क्युको बिषय उठाएर बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
रातोपाटी डटकमलाई अन्र्तवार्ता दिदै गुरागाईले फेक रेस्क्युको हल्ला र धरपकडको पछाडी ठुलो षणयन्त्र भएको बताएका छन् । उनले सो अन्र्तवातामा भनेका छन्ः हिजोको दिनमा बिदेशी कम्पनीहरु नेपाल आउँथे, आफैं, बुकिङ गर्थे र नाफा जति सबै आफै लैजान्थे । नेपाली एजेन्सीहरुलाई उनिहरुले मात्र “ग्राउण्ड ह्यान्डिलिङ एजेन्ट” (भरिया वा सहयोगी) को रुपमा प्रयोग गर्थे । नेपालीलाई नोकरजस्तो व्यवहार गर्थे ।
तर अहिले समय फेरिएको छ । नेपाली कम्पनिहरु सक्षम भएका छन् । हामीसँग भाषा, सिप, उपकरण र अनुभव सबै छ । नेपाली कम्पनीहरुले नै ठुला–ठुला “एक्सपिडिसन” (हिमाल आरोहण) र ट्रेकिङ सफलतापूर्वक सम्पन्न गर्न थालेका छन् । नेपालीहरु सक्षम भएर विदेशी कम्पनिको बजार खोसिन थालेपछि उनिहरु आत्तिएका छन् ।
त्यसैले उनिहरुले अहिले “नेपालका एजेन्सिहरु चोर छन्, फेक रेस्क्यु गर्छन्, यहा असुरक्षित छ” भन्ने भाष्य निर्माण गर्न खोजिरहेका छन् । ताकि विदेशी पर्यटकले सिधै विदेशी कम्पनीमार्फत नै बुकिङ गरुन् । केही घटना अवश्य भएका होलान्, तर हेलिकप्टर चार्टर गर्ने, बिरामीको उपचार गर्ने सबै प्रक्रियालाई ‘फेक’ भन्न मिल्दैन ।
कोही विदेशी बिरामी भएर उपचार गरेर घर फर्किएको छ भने त्यसलाई कसरी फेक भन्ने ? यो षड्यन्त्रलाई राज्यले बुझ्न सकेको छैन । आफ्नै व्यवसायीलाई चोर करार गरेर विदेशीको एजेन्डा स्थापित गर्न राज्य नै लागिपरेको जस्तो देखिन्छ ।
फेक रेस्क्यु बारे हाल सिआईबिले केही कम्पनिको बारेमा मात्र अनुसन्धान थाल्नु र अनुसन्धानको बिषयमा कुनैपनि ट्राभल कम्पनि र ट्रेकिङ कम्पनि हाल सम्म पनि नबलोल्नुले यस बिषयलाई अत्यन्त गम्भिर बनाएको देखिन्छ ।
(यस बिषयमा नेपालीको आवाज डटकमले डाटा सहितको बिशेष रिपोर्ट केहि दिनमा प्रकाशित गर्नेछ ।)
रातोपाटी डटकममा प्रकाशित अन्तरवार्ता यस्तो रहेको छ ।
https://www.ratopati.com/story/543068/lets-make-visa-free-for-two-years-tourists-will-flock-to-nepal











