खैरहनी, चितवन । भुवानीशङ्कर क्याम्पस, पूर्वी चितवनमा बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित BALLB, BBA, BIT तथा B.Ed. कार्यक्रमहरूको प्रवेश परीक्षा २०८३ श्रावण ९ गते सफलतापूर्वक सम्पन्न भएको छ।
प्रवेश परीक्षामा उल्लेखनीय संख्यामा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको क्याम्पसले जनाएको छ। पूर्वी चितवनमै सुलभ, गुणस्तरीय, रोजगारमुखी तथा सीपमा आधारित उच्च शिक्षा अध्ययन गर्ने अवसर उपलब्ध भएपछि विद्यार्थी र अभिभावकहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिएको छ।
क्याम्पसका अनुसार आफ्ना छोराछोरीको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकहरूले देखाएको विश्वास तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले संस्थाको शैक्षिक यात्रालाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
क्याम्पसले प्रवेश परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै परीक्षा व्यवस्थापनमा सहयोग पुर्याउने प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।
“भुवानीशङ्कर क्याम्पस — तपाईंको विश्वास, हाम्रो जिम्मेवारी” भन्ने मूल नारालाई आत्मसात गर्दै क्याम्पसले पूर्वी चितवनका विद्यार्थीहरूलाई आफ्नै क्षेत्रमा गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धी उच्च शिक्षा प्रदान गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।












