उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’
रत्ननगर । रत्ननगर–१, बकुलहरमा कांग्रेस चितवन क्षेत्र नं १ ले सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सो अवसरमा प्रमुखअतिथि राष्ट्रिय सभा सदस्य गीता देवकोटाले चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी आफू पदमा नरहँदा पनि जनताकै सेवामा समर्पित रहेको र दुईपटक पराजित भइसक्दा पनि बिचलित नभईकन पार्टीलाई योगदान दिएको भन्दै यसपटक हार्ने छूट नभएको बताइन् । उनले भनिन्, ‘सरल,...









