नेवा मिसाको सामूहिक बेल विवाह सम्पन्न

नेवा मिसाको सामूहिक बेल विवाह सम्पन्न
गैँडाकोट । नेवा मिसा गैँडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेसमा माघ ३ र ४ गते भएको दुईदिने बेल विवाह सम्पन्न भएको छ । सो कार्यक्रमको शुभारम्भ गैँडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कँडेल सापकोटाले गरेकी थिइन् । उनले नेवारी संस्कृतिको संरक्षणमा नेवा मिसा दबू नगरसमितिको प्रशंसा गर्दै महिलाहरूले यस्ता सामाजिक कार्यहरूमा अग्रसर भएर अगाडि बढनुपर्ने सुझाव दिइन् । बेल...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने
सुर्खेत- वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको वि...

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

सडक बनाउने क्रममा झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्ष...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई...

अन्नपूर्ण आधार शिविरमा ११ जना अझै सम्पर्कविहीन, बेपत्ताहरुको खोजी कार्य जारी

अन्नपूर्ण आधार शिविरमा ११ जना अझै सम्पर्कविहीन, बेपत्ताहरुको खोजी कार्य जारी
पोखरा । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक, एक चिनियाँ र दुई नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । हराउनेहरुमा दक्षिण कोरियाका लि मिन सु, किन किम सोता ले, जयोन पिल बोङ, चा हा यो ओन ले गरी चार जना, एक चिनियाँ ज्याङ इङ र नेपाली पथ पदर्शक २१ वर्षीय सरोज परियार, २२ वर्षीय जगदीश खत्री रहेका छन् । यसैगरी,  हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन् ...

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए । सिफारिस गरिएकामा सत्य न...

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल
दमौली- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने दाबी गरेका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले अपराधीलाई सजाय दिन प्रहरी प्रतिबद्ध रहँदै आएको बताए । समुदाय–प्रहरी साझेदारी अभियानअनुसार प्रहरी अगाडि बढेको र उक्त अ...

जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको...

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ
गलेश्वर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गर...

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल
नवलपरासी- मुख्यमन्त्री शंकर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए । पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य हाम्रो हो र राज्यलाई बलियो बनाएर मात्र हाम...