चितवन महोत्सवमा भोलि राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु पनि
चितवन, माघ ३ –
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन भोलि माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
...









