काठमाडौं- चिकित्सा शिक्षा सुधारको लागि लामो समयदेखि लड्दै आएका चिकित्सक डा. गोविन्द केसीले आफ्नो आमरण अनसन तीन साताका लागि स्थगित गरेका छन्। चिकित्सा क्षेत्रको सुधार प्रक्रिया प्रतिकुल हुने गरी राज्यले कदम चालेको भन्दै उनले आज (सोमबार) देखि आमरण अनसन गर्ने घोषणा गरेका थिए। x6ac68f668996743e8ef0e1929819b2cb_L.jpg.pagespeed.ic.myvmSwVRXG नागरिक अभियानका अगुवाहरुले माग पूरा गर्ने दिशामा सकारात्मक कामहरु भइरहेकाले तिनलाई निष्कर्षमा पुर्याउन थप केही समय राज्यलाई दिन आग्रह गरेका कारण अनशन स्थगित गरेको उनले बताएका छन्।डा. केसीले नागरिक समाजले संगठित र उदाहरणीय रुपमा यो चिकित्सा क्षेत्रको सुधारको मागलाई अभियानकै रुपमा उठाउनु अत्यन्त प्रशंसनीय रहेको बताएका छन्। यो अवधिमा विवादास्पद प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता लिने लगायत चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने, विश्वविद्यालयहरुमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा अन्त गर्नका लागि पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था ऐनमार्फत् गर्ने जस्ता सबै मागहरु पूरा नभए फागुन १७ गते दिनदेखि आमरण अनशन गर्ने केसीले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया