
एक समय एडिबल जिनियाको यो फूल सुक्न पनि लागेको थियो । फूलको भित्र रहेको पानी पातबाट बाहिर निस्केपछि पात खुम्चिन थालेको थियो । कुनै पनि फूल नष्ट हुने यो पहिलो संकेत हो । तर, यसलाई बचाउन वैज्ञानिहरुले पंखाबाट हावा दिएका थिए । उनीहरुको यो प्रयास सफल भयो र उक्त फूल फुल्न सफल भएको छ । ल्याबमा फुलाइएको यो फूल सलादको रुपमा खाने गरिन्छ । यद्यपि, यो फूललाई सपार्न भने निकै कठिन रहेको छ । किनभने यो प्रकाश र वातावरणप्रति निकै संवदेनशील हुनेगर्छ । यसलाई फुल्न ६० देखि ८० दिन लाग्छ । फूलको सफलतापछि अब अन्तरिक्षमा टमाटर उमार्ने तयारी गरिएको छ । यसअघि अन्य सब्जीहरु पनि अन्तरिक्षमा उमार्ने तयारी भइरहेको छ । अन्तरिक्ष यात्रीहरुलाई ताजा सम्जीहरु मिलोस् भनेर स्पेस स्टेनमा भेजी ल्याब तयार गरिएको छ । त्यहाँ अहिले सलादका लागि मिल्दो सब्जीहरु उमारिरहेको छ । यसरी उमारिन्छ सब्जी सबैभन्दा पहिले माटो र मल मिसाइएको रुट म्याटमा खाद्य वस्तुको बिउ राखिन्छ । त्यसमा आवश्यक पानी राखेर भेजी ल्याबमा राखिन्छ । त्यसमा रातो, हरियो र निलो एलइडी लाइटको मद्दतले बिउ र बोटमा आवश्यक प्रकाश दिइन्छ । त्यहाँ कृत्रिम रुपमा तापक्रम पनि मिलाइन्छ । त्यहाँ पंखाको माध्यमले हावा पनि दिइन्छ । विरुवाको हरेक दिन ख्याल राखिन्छ । जब बिरुवा उम्रन्छ, आवश्यक भाग काटेर म्याटमा फेरि अर्को बिउ हालिन्छ ।