महेश पाण्डे, २९ बैशाख
बैशाख २६ गते देखी देश भरिनै ट्राफीक सप्ताहा अन्र्तगत ट्राफीक नियमको बारेमा जानकारी दिन बिभिन्न कार्यक्रम भईरेहेका छन् । जस अन्र्तगत चितवनको रत्ननगरमा पनि ई. प्र. का टांडी, अस्थाई ट्राफीक प्रहरी पोष्ट टांडी तथा लायन्स क्लब अफ रत्ननगर मिडनेपालको सहकार्यमा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । जस अन्र्तगत २७ गते राजमार्गमा गुड्ने गाडीलाई ट्राफीक नियमको जानकारी सहितको स्टिकर टास्ने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै २८ गते रत्ननगर क्षेत्रमा रहेका विद्यालयमा अध्यनरत बिभिन्न तहका विद्यार्थीहरुलाई ट्राफीक सचेतना कार्यक्रम रत्ननगरमा रहेको क्वेष्ट मोडल कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा ई. प्र. का टांडीका प्रहरी नायव उपरिक्षक जयराज सापकोटा, बिशिष्ट अतिथीका रुपमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का जोन चियर पर्शन लायन निरज श्रेष्ठ, क्वेष्ट मोडल कलेजका प्राचार्य जगदीश चन्द्र शर्मा तथा अतिथीका रुपमा स्थाई ट्राफीक प्रहरी पोष्ट टांडीका सई उमेश महत्तो लगाएतका रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांशले ट्राफीक नियमको पालना गर्नु भनेको आफ्नो जिवनको शुरक्षा गर्नुभएको बताउदै बिद्याथी जिवनदेखीनै यस बिसयमा जानकारी लिनुपर्नेकुरामा जोड दिएका थिए । कार्यक्रममा बिभीन्न विद्यालयका गरी करिब २०० बिद्याथीहरुको उपस्थित रहेको थियो । उपस्थित विद्यार्थीहरुलाई अस्थाई ट्राफीक प्रहरी पोष्ट टांडीका सई उमेश महत्तोले करीब १ घण्टा श्रव्य तथा दृष्यका माध्यमबाट ट्राफीक नियमको बारेमा जानकारी दिएका थिए । लायन्स क्लब अफ रत्ननगर मिडनेपालका तृतीए उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक दोईन्द्र बहादुर पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लायन शुरेश चन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।