सुजिता हमाल, २९ बैशाख
राष्ट्रपति चुरे सरक्षण कार्यक्रम अन्र्तगत चितवनमा सञ्चालित जिल्ला स्तरीय सामाजिक परिचालन कार्यक्रमको आज अनुगमन गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति को आर्थिक सहयोगमा संरक्षण नेपालले सञ्चालन गरेको सो कार्यक्रम अन्तर्गत गरिएका कामहरुको अनुगमनकर्ताहरुले अनुगमन गरेका हुन । राष्ट्रपति चुरे सरक्षण कार्यक्रमले खटाएका अनुगमनकर्ताहरु भागवतदास मानन्धर,शिव शर्मा र संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुसवाहा,कार्यक्रम संंयोजक रमेशकुमार शाही लगायतको टोलीले अनुगमन गरेको हो । टोलीले जिल्ला स्तरीय समाजिक परिचालन कार्यक्रमको गतिविधि र प्रभावकारिताका वारेमा जानकारी लिएको कार्यक्रम संयोजक शाहीले जानकारी दिए । चुरे संरक्षणको लागि गरिएका कामहरुको वारेका स्थानीय स्तरमा रत्ननगरको सिवालयचोक र राष्टिय निमावि देवौलीमा कार्यक्रम गरी जानकारी लिईएको थियो ।