जेष्ठ २५, काठमाण्डौ
चितवनको भरतपुरबाट प्रशारण हुने अभियान टेलिभिजनले आफ्नो क्षेत्र बिस्तार गरे संगै अब काठमाण्डौ लगाएत देशका बिभीन्न भागमा हेर्न पाईने भएको छ । हाल सिम टि.भी. नेटवर्क मार्फत् अभियानको प्रसारण देशका मुख्य मुख्य शहरहरुमा पुगेको हो ।
अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेद प्रसाद आचार्यले एक बिज्ञप्ती निकाली स्वतन्त्र रुपमा निष्पक्ष र तथ्यपरक हिसाबले समाजको स्पष्ट तस्विर को स्लोगनका साथ विगत ५ वर्ष अगाडीदेखि नेपाल सरकारको नीति अनुरुप टेरेष्टोरियल र केबुल दुवै माध्यमबाट चितवनमा मात्र संचालनमा आएको टेलिभिजनको प्रसारणलाई चितवनमा संचालनमा रहेको चित्रवन युनिक केबुल टि.भि. प्रा.लि.ले राष्ट्रिय प्रसारण ऐन २०५२ कै धज्जी उडाउदै केहि समयदेखि रोकेकोमा त्यसको बिरोध गरेका छन् ।
त्यस्तै उनले बिज्ञप्तीमा भनेका छन् अभियान टेलिभिजनले नेपालका धेरै केबुल नेटवर्कसँग सहकार्य गरिसकेको र केहि समय पछि ती नेटवर्कमा पनि विस्तार गरिनेछ । संचारक्षेत्रमा चित्रवन युनिक केबुल टि.भि. प्रा.लि चितवनले देखाएको यो नित्कृष्ट कार्य अभियानका लागि मात्र होइन जनतालाई का लागि पनि अपाच्य कुरा हो । सूचना मन्त्रालयले देखाउन भनेको संयमता हामीले देखाईसकेका छौ अब धेरै सहन गर्ने पक्षमा नभई कानुनी रुपमा लड्ने छौ र यस्ता सिडिण्केटलाई दूर गनेछौ । नयाँ व्यवश्थापन र कार्यशैलीका साथ निष्पक्ष पत्रकारीता, सशक्त रुपमा जनताको पैरवी र विशुद्ध मनोरञ्जनलाई लिएर आफ्ना कार्यक्रम परिमार्जित गरी अगाडी बडाउने सम्पूर्णमा जानाकारी दिदै यसमा सबैको सहयोग ,साथ र सकारात्मक सुझावको अपेक्षा गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।