chhesko-1

जेष्ठ २७, बिपीन शर्मा आचार्य
नेपालमा चलचित्र पाइरेसी भएको खबर दिनानुदिन बढ्दै जान थालेको छ । चलचित्र पाइरेसी हुनु चलचित्र उद्योग संगसगै चलचित्र दर्शकका लागि पनि सुखद होइन । श्रष्टा,सर्जक मारमा परेपछी श्रीजना पनि आँफै मुर्झाउन अबश्य थाल्नेछ । नेपालमा धमाधम पाइरेसीको शिकारमा चलचित्रहरु पर्दै जान थालेका छन । अब त पाइरेसीको शिकार भएका चलचित्रको गिन्ती निकाल्ने हो भने पनि केही समय लाग्ने भएको छ । बाटो मुनीको फुल, झोला, पशुपती प्रसाद, कबड्डी कबड्डी, ड्रिम्स, भैरव, परदेशी, प्रेम गीत, रेशम फिलिली आदी । यि त्यस्ता चलचित्रका नाम हुन जो पाइरेसीका शिकार भएका थिए । यि चलचित्र प्रदर्सनको केही समय पछी पाइरेसी भएका थिए । तर अहिले पर्दशनमा आएको एक साता नपुग्दै एउटा चलचित्र पाइरेसी भएको खबर बाहिर आएको छ । सुरेश थापा निर्देसित अर्चना पनेरु र राजन कार्की अभिनित चलचित्र हो छेस्को । हो दर्शकब्रिन्द सुन्दा यहाँहरुलाई अचम्म लाग्न सक्छ छेस्को पनि पाइरेसीको शिकार भएको छ ।

तपाईको प्रतिक्रिया