cower_story3
सुजिता हमाल
२८ जेष्ठ, चितवन
चितवनको माडीमा काटेर फालेको अवस्थामा एउटा गोरु मृत फेला परेको छ । राष्ट्रिय जनावर गाईको प्रजाती गोरुलाई माडी नगरपालिका ३ चिताही पुल भन्दा ४सय मिटर दक्षिण सिसौघारीमा काटेर फालेको अवस्थामा भेटिएको स्थानीय रामजी सापकोटाले जानकारी दिनुभयो । शिकारीले गोरुको पछाडीको दुवै फिला लगेको छ । गएराती ९ देखि १२ बजेको समयमा गोरु काटिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले गोरुको पोष्टमार्टमका लागि मुचुल्का उठाएर अनुसन्धान शुरु गरेको बताएको छ । राष्टिय जनावर गाई प्रजातिका गाई काटेको आरोपमा माडी–३ की सुनिता नेपाली, माडी–४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बर्षिय शिव नेपाली, माडी–४ का २५ बर्षका जिवन नेपाली र माडीकै ४५ बर्षकी कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । । हिन्दुहरुले तिहारको चौथो दिन गोरुको पुजा गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया